देवीप्रसाद उप्रेती निजानन्द आश्रम
स्व. श्री देवीप्रसाद उप्रेतीज्यूको इच्छापत्र अनुसार, उहाँको परिवारका सदस्यहरूको निजी लगानीमा स्थापित संस्था । देवी प्रसाद उप्रेती निजानन्द आश्रम स्व. श्री देवी प्रसाद उप्रेती ज्यूका बहुआयमिक सोच एवम् उहाँले चाहेको तर पुराहुन नसकेका उहाँका इच्छाहरु कार्यन्वयन गर्ने गराउने उहाँका विचारहरुको उत्तराधिकारी सामाजिक संस्था हो । यसको स्थापना स्व. श्री देवी प्रसाद उप्रेतीज्यूको जीवनको अन्तिमकालको इच्छा अनुसार उहाँले गरिदिनु भएको लिखित इच्छा पत्रलाई ध्यानमा राखी स्थापना भएको सामाजिक संस्था हो । यो संस्था वि.स. २०५२/०५/०२ मा जिल्ला प्रशासन कार्यालय चन्द्रगढी झापमा दर्ता गरी सरकारी नीति नियम तथा यस संस्थाको विधान अनुरुप क्रियाशिल छ । यसको मूल उद्देश्य स्व. श्री देवी प्रसाद उप्रेती ज्यूले गरिदिनु भएको मिति २०४९ असार ३ गते को इच्छापत्रमा उल्लेख भए अनुसार निम्न बमोजिम रहेको छ ।
निजानन्द आश्रमको प्रमुख उद्देश्यहरू यस प्रकार रहेका छन् —
देवी प्रसाद उप्रेती समाज सेवी हुनुहुन्थ्यो, शिक्षा सेवी हुनुहुन्थ्यो । आफ्नो आर्जनको झापा जिल्लाको ८५४ विग्गा १३ कठ्ठा ३ धुर, तेहथुमको ३१९ रोपनी ८ आना १ पैसा जग्गाका साथै लाखौँ नगद रकम विभिन्न शैक्षिक, धार्मिक संस्थालाई दान दिनु, विभिन्न विद्यालय स्थापना र संचालनमा दान दिनु भएको थियो । आदि इतयादीकुरा यहाँहरु मध्ये धेरैलाई विदित भएकै कुरा हो । उक्त जग्गाहरुको सदुपयोग गर्ने बारे राज्यले उपयुक्त कानून बनाओस भनी गर्नु भएको लिखित आग्रह पुरा भएको देख्ने उहाँको प्रबल इच्छा थियो । सो इच्छा पुरा नहुदै वि.स. २०४९ असार ११ गते उहाँको निधन भयो । आज सम्म पनि सरकारले आवश्यक कानून बनाउने कार्य सम्पन्न गर्न सकेको छैन ।