शालिनी र मालिनीका पछि नलाग झ्याउरे मोरी भनेर अन्त नभाग । झ्याउरे साह्रै सजिलीछन् राम्रो अँगाल । जनताको बोलचालको भाषामा । आफ्नो विचार सुनाउन सजिलो पर्ने छ ।
भनेको कुरा बुझ्नु मुर्धन्य चासो हो । कुराकानी नबुभैरै मख्ख पर्नु हाँसो हो । नेपाली शब्द साह्रै थोरै छन् भन्दछौं । खोजीमेली ल्याएर जगेडा गर्दा हामीलाई पुग्ने छन् ।
कुरा बुझ्न नसक्ने नै हामी धेरै छौं । कुरा गर्न नजान्ने नै अझ धेरै छौं । कुरा बुझ्न र बुझाउनलाई लेख्नु परेको । तर हामी नबुझिने भाषाका फन्दामा परेछौं ।
हाम्रो भाषा सजिलो छ अरू नगाँस । अर्काको भाषा ल्याई आफ्नो नमास । फारो तिनो गरेर आफ्नो चलाऊ । भाषा शंकर बनाएर घरमा विकृति नहुल ।