देवीप्रसाद उप्रेती - समाजसेवा र सामाजिक दायित्व - बन्दना उप्रेती बास्तोला

बन्दना उप्रेती  बास्तोला
बन्दना उप्रेती बास्तोला

मेरो प्यारो बुबाज्यूको संझनामा आज जुन कुराहरू देखें, बुझे ती संझनाहरू कागजमा लेखिरहेकी छु । लेख्ने अभ्यास नभएकाले शैली नमिल्न सक्ला तैपनि मैले बुबाज्यूले गर्नु भएको कामको मूल्यांङकनर यो समाजले उहाँप्रति गरेको दायित्व संझदा समाजसेवा गर्नु ठीक हो वा होइन छुट्याउन सकिरहेकी छैन ।

मेरो बाल्यकालमा देवीप्रसाद उप्रेतीले समाजमा चलेका कुरीति, कुसंस्कार आदिको विरोधमा जुन पाराले काम गर्नुहुन्थ्यो त्यो हेर्दा सामाजिक सेवा होइन समाज विरोधी काम गरेको भान हुन्थ्यो । हाम्रो समाजमा जातपात छुवाछुतको जुन परम्परा आहिलेसम्म विद्यमान छ त्यसको विरोधमा उहाँको भान्सामा भान्से कामीरहन्थ्यो । जमिन्दारको घरमा आएका पाहुनाले खान बाध्य हुनुपर्थ्यो । त्यसबेलार हाल पनि यो समाजले त्यो कुरा स्वीकार्दैन भने उहाँ समाजविरोधी या समाजसेवी ?

त्यसबेला समाजका ठालू भनेका धनीमानी मानिस जसको बोलबाला हुन्थ्यो तिनीहरूको थिचोमिचो हुन्थ्यो, तिनीहरूको विरुद्धमा आफ्नो पैसा खर्च गरेर स्कुल आदि संचालन गरी निःशुल्क शिक्षा दिएर ती तल थिचिएका मानिसलाई आँखा देख्ने बनाएर थिचोमिचोबाट जोगिन सक्ने बनाउने ती ठालूहरूका निम्ति अर्थात त्यसबेलाका समाजका निम्ति समाज विरोधी काम नै हुन्थ्यो भने त्यो समाजसेवा या विरोध ?

मैले बुझेसम्म देवीप्रसाद उप्रेतीले सामाजिक सेवा निःस्वार्थ भावनाले गरेको देखेकी छु उहाँ भन्ने गर्नुहुन्थ्यो- “स्वार्थ सहितको सेवा सेवा होइन ।” उहाँले जति काम सामाजिक सेवाका नाममा गर्नुभयो, त्यो आफ्नो नाम कमाउने आंकाक्षाले होइन । जसरी आज आफ्नो नाम कमाउन आफ्ना नामबाट पुरस्कारको घोषणा गरि न्छ त्यो सेवा होइन सायद देवीप्रसादको यो पनि गल्ती होला त्यसैले समाजले देवीप्रसादले गरेको सेवा स्वीकारेको छैन कि ?

शिक्षाका क्षेत्रमा मलाई थाहा भएसम्म देवीप्रसाद उप्रेतीले गरेको लगानी पूर्वाञ्चलमा ज्यादै ठूलो मानिन्छ । त्यही परिवारको सदस्य भएको नाताले म के देखिरहेकी छु भने सायद यसरी सेवा गर्नु देवीप्रसादको भूल हो कि किनभने जुन समयर सम्पत्ति यो समाजमा सामाजिक कामका लागि देवीप्रसादले दान गर्न भएको थियो एउटा सफार स्वच्छ उद्देश्यराखेर जुन कुरा उहाँले आफ्नो दान पत्रमा स्पष्ट उल्लेख गर्नुभएको छ ती कुनै कुराको पालना भएको मलाई थाहा छैन । विभिन्न शिक्षण संस्थाका सम्पत्ति हिनामिना भएका छन्, दुरूपयोग भएका छन् । त्यसकोरेखदेख अब कसले गरिदिने ?

या हामी पर्खेर बसौं या फेरि अर्को देवीप्रसाद जन्मन्छर त्यसलाई सम्हालेर लान्छ । त्यो सम्पत्तिको संरक्षण गर्न श्री ५ को सरकारलाई (हिजोको अवस्थामा श्री ५ महाराजाधिर जलाई समेत) र हिजोको सरकारर आजको सरकार सबैलाई सम्हाली दिनुहोस् भन्दा पनि आजसम्म कुनै सुनुवाई भएको छैन, सायद भिख माग्ने बानी परेको मान्छेले आफूले आफ्नो सम्पत्ति सम्हाल्नै जान्दैनर हो कि ?

सतीको श्राप परेको देशमा समाजसेवा पनि अभिशापभित्रै पर्छ कि । यति हुँदा हुँदै पनि सायद मेरो बुबाज्यूको प्रेरणाले सामाजिक सेवा गर्ने प्रेरणा मलाई पनि जागेर आउँछ तर यो ठीक हो वा होइन, मैले आफैँले छुट्याउन सकेकी छैन ।

देवीप्रसाद उप्रेती - समाजसेवा र सामाजिक दायित्व - बन्दना उप्रेती बास्तोला