जीवन निर्वाह खातिर आर्जन गर्ने क्रममा मैल, जे जति व्यक्तिलाई पीर मर्का पारेर ज्येथा आर्जन गरें, त्योभन्दा अलि वर्ता, अझै निकै वर्ता पीरमर्का पारेर मेरा समयका सज्जनहरूले अर्थोपार्जन गरेको मैले जाने सुनेको कुरा हो । तर, मैले आज संझदा, ‘अर्कालाई पीर पारेर आर्जन गरें' भन्ने मैले पूरा पूरा महसुस गरें र यस्तो परम्परा उपर घृणा लागेर पनि आयो । तर, मभन्दा बढी थिचोमिचो गरी ज्येथा आर्जन गर्ने सज्जनहरूले सायद आफूले गरेको थिचोमिचोलाई आफ्नो पुरुषार्थ संझेर गर्व गर्ने गर्नु भएको मैले सुन्ने गरेको छु । चतुर चङ्ख जसलाई भनिन्छ, त्यो श्रेणीमा आउने सबै नै प्रायः दुःखको कुम्लो बोकिराख्ने महानुभावहरू हुनुहुन्छ क्यार सट्टा-पट्टा खातिर । जब जब मौका पर्छ आफ्नो कुम्लोबाट खुसुक्क झिकेर अर्काका जिम्मा लगाउने र उसको जगेराको सुख चाहिं, सट्टामा आफूले लिने प्रयासमा प्रायः संसार भरिकै चखे, चतुरेहरू लागिरहे जस्तो मलाई लाग्यो । म आफूप्रति त्यसै लाइनमा कतार लागेर खडा भएको महसुस गर्छु तर, अलि भीरू स्वभावको; फरक त्यतिमात्र आज यति नै । इति ।