हामी गरीब छैनौं

नेपालको पहाडी इलाका धेरै छ । मैदान त अलिकति सोतो मात्र । गाणितको आधारमा त नेपालको तराई भेक भन्दा नेपालको पहाडी हरियाली भाग र सेतो हिमालयको भाग धेरै गुणना गर्ने हो यदि भने त तथ्याङ्क यकिन गर्न मिल्दो हो तर त्यसरी माटो बालुवा पत्थर समूहलाई ठीकै तौलमा ल्याउन सकिने तरिका र साधन सायद नेपालमा आविष्कार भै सकेको छैन कि ?

अहिलेलाई हामीले अनुमानका भर पर्नुपर्छ । अनुमान गर्दा तराईको मैदान १ भाग, हरियाली पहाड ३ भाग र सेतो हिमाल ३ भाग गरी जम्मा ७ भाग लाउन सकिएला नेपाललाई । बरबगैंचा र घरेलु जनावर पाल्ने र बिजलीको पैदावारले पहाडी इलाकामा जन्मेका जम्मै तीनकरोड नेपालीलाई पनि बत्ती बाल्न सक्छ मात्र होइन । छिमेकी देशलाई मद्दत गर्न समेत सक्षम हुनसक्छ भने हिमालय प्रदेशमा बनेका जनावर पाल्ने र पर्यटन केन्द्र जस्ता उपयोगी स्थानले धेरैलाई काम लगाउन सक्छ ।

नेपाल जस्तो सम्पन्न प्राकृतिक साधनले भरिएको उर्वरा भूमिको उपयोगितालाई वास्ता नगरेर हामी नेपाली गरीबीका रेखामुनि झरेका भरिया भनाइमाग्न पुग्यौं -विकसित भनिने मुलुकका दृष्टिमा । वास्तवमा हामी गरीब छैनौं । अलि अलि घरमा दाजु भाइको अंशवण्डा राम्रो नभैदिएर सानोतिनो मनमोटाउसम्म भएको मौका छोपेर विदेशी गिद्धे दृष्टिले हाम्रो आपसमा कलह गराउन खोजिरहेको छ । आफ्ना घरको चाँजो मिलाउने काम आफैँले गर्नुपर्छ । एउटा दुईटा व्यक्ति छाडा भएर मनपरी रजाई गर्न हुन्न । यो मनपरी गर्ने चलन जति सक्तो चाँडो बन्द गर्नुपर्छ र सबैले आफ्ना काममा लागि पर्नु पर्यो । अर्काको पसिनामा लोभिने गर्नुभएन । बुझ्नेले बुझ नपचाइदिन आग्रह गर्दछु ।

देवीप्रसाद उप्रेती - २०४७।७।४।१

© कृति र स्मृतिमा देवीप्रसाद उप्रेती

← सबै लेखनहरूमा फर्कनुहोस्
हामी गरीब छैनौं