इमानदारी

जुन काम कुराको व्यवहारमा आफूले प्रतिपालन गर्न सकिंदैन त्यस्ता काम कुराको सिद्धान्तका रूपमा प्रतिपादन गर्नुले इमानदारीलाई प्रतिपालना नगरेको प्रतीत गराउँछ । इमानदारी भनेको लाटो पाराले भन्नुपर्दा नढाँट्नु पनि एउटा इमानदारीपन हो । ढाँट्नु भन्नाले झुट्टा कुरालाई सद्दे, साँचो जस्तै प्रतीत गराउन गरिने वार्ता हो । असलमा इमानदारी भनेको अर्काका निम्ति होइन । आफ्ना निम्ति इमानदारी हुनुपर्छ । अर्थात आफूले आफूलाई नढाट्नु इमान्दारी हो । अर्कालाई ढाँट्नु र नढाट्नुको तात्पर्य फरक भए तापनि त्यसले आफूलाई सुख, सन्तोष, शान्ति र आनन्दलाई यदि बोलाउनु छ भने आफूप्रति आफू इमानदार बन्नुपर्छ, आफूले आफूलाई ढाँट्न छल्न हुन्न । आफूबाट अर्को त सदाकाल ढाँटिएकै छ, छलिएकै छ । यदि आफूले आफूलाई ढाँट्ने, छल्ने हो भने व्यक्तिले इमानदार बन्नु पहिलो धर्म वा कर्तव्य हो । इति ।

देवीप्रसाद उप्रेती - २०४७/१/२२/७

© कृति र स्मृतिमा देवीप्रसाद उप्रेती

← सबै लेखनहरूमा फर्कनुहोस्
इमानदारी